७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

विराटनगरलाई लुम्बिनीको १५८ रनको लक्ष्य

१० पुस, काठमाडौं। नेपाल टी–२० लिगअन्तर्गत जारी खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलाई १५८ रनको चुनौती दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको हो ।

लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेल्दा कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पभेलियन फर्किएका थिए भने बिपुल शर्मा ११ रन जोडे ।

विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ११:४६