६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको अमेरिकामा गोली हानी हत्या


६ असोज, काठमाडाैँ । पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको अमेरिकामा गोली हानी हत्या भएको छ ।  अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार गिरीसहित चार जनाको हत्या भएको प्रहरीले जनाएको छ ।  उक्त गोली काण्डमा घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेका छन  ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार १०:११