७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

५.८९ अंकले ओरालो लाग्याे सेयर बजार, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

६ पुस, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । साताको दोस्रो र तेस्रो कारोबार दिन सुधार आएकाे सेयर बजारमा चौथो कारोबारको दिनमा भने  गिरावट आएकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको छ । बुधबार २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जानाएको छ ।

यस दिन एनआइसी एशिया बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंकले यस वर्ष सेयरधनीका लागि लाभांश नदिने निर्णय गरे पछि कम्पनीको सेयर लगानीकर्ताले बेचेका छन् । कम्पनीको ११ करोड ८२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज आधिखोला लघुवित्त, सिर्जनसिल लघुवित्त र इष्टन हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ । यस दिन पञ्चकन्या मै हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १५:३८