मलेसियामा रक्सी खाएर मर्ने नेपालीको संख्या ७ पुग्यो, १२ जनाको उपचार हुँदै (सूचीसहित)
६ असोज, कठमाडाैँ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासको अनुसार सिकिस्त बिरामी भएका नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
यसअघि धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको मृत्यु भएको थियो ।
विषाक्त रक्सीका कारण बिरामी भएका १२ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बिरामी भएका अरु पाँचजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेका पनि नेपाली दूतावासले जानकारी दिएको छ ।
रक्सी खाएर मृत्यु हुने र बिरामीहुनेहरूको सूची
प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ०१:३९