२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

५ पुस, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो । संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको थियाे । बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार १७:२५