सेयर बजारमा झिनो सुधार, काराेबार रकम ८८ करोडमा खुम्चियाे
४ पुस, काठमाडौं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनो सुधार देखिएको छ । केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजार साेमबार आएर केही सामान्य सुधार देखिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सोमबार २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।
आज प्राइम कमर्सियल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ६ करोड ९३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन धौलागिरी लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज इष्टन हाइड्रोपावरको सेयर मूल्य धेरै घटेकाे छ ।
प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १५:२५












