१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेपाल प्रहरीको एअार्इजीमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलार्इ बढुवा गर्ने सरकारको निर्णय

६ असोज, काठमाडाैँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एअार्इजी)मा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले बढुवा भएका तीन जना प्रहरी अधिकृतको जिम्मेवारीसमेत तोकेको छ ।

सरकारका प्रवक्ता समेत रहेकाे सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटका अनुसार कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ००:४९