७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

हिमालयन पावर पार्टनरले बाेलायाे साधारणसभा, लगानीकर्ताको हात खाली

४ पुस, काठमाडाैं । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिती बैठकले गरेकाे निर्णय अनुसार बार्षिक साधारणसभा पुस २९ गते अम्रपाली व्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन । याे हिसावल याे बर्ष सेयरधनीहरूकाे हात खालि हुने छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन् ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ११:२८