बलात्कारविरूद्ध पेटिकोट प्रदर्शन गर्ने सावित्रीको सिकेको टाउकोको फुटबल खेल्ने रहर
५ असोज, काठमाडाैँ । काठमाडाैँमा कालो पटिकोट लगाएर बलात्कारविरूद्ध प्रदर्शनमा निस्किएकी सावित्री सुवेदीले पछिल्लो पटक सामाजिक सञ्जालको प्रयोग मार्फत चर्का कुरा गरिरहेकी छिन ।
यसैक्रममा उनले फेसबुक मार्फत मधेश टुक्राउछु भन्ने सिके राउतको टाउकोको फुटबल खेल्ने कुरा गरेकी छिन । सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने भन्दै आक्रोश पोखेकी हुन । उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ।
युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ । नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ।
प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार २०:३२