७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको बाेनस र नगद कति ?

४ पुस, काठमाडौं । दुई कम्पनीले लाभांश घाेषणा गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन । मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

१) मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

२) महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशंश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ६।४७ प्रतिशत नगद ९कर सहित० गरी कुल १०।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित दुबैं बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:०७