२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

सात दिनभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई राष्ट्रपतिकाे आह्वान, एमालेले के गर्ला ?

३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् । अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ । राष्ट्रपतिको यो पत्रको व्यहोरा अनुसार कांग्रेस, एमाले र माओवादीको एक नेताले प्रधानमन्त्रीमा दाबी पेश गर्ने अनुमान गर्न सकिन्छ । यद्यपी माओवादी कता लाग्छ भन्ने कुराले अहिलेको सरकार गठन प्रभावित हुनेहुँदा यसैमा निर्भरता देखिन्छ ।

नेकपा एमालेका नेताहरूले पार्टी सरकार बनाउने खेलमा नलाग्ने बताएको भए पनि सत्ताको मुल साँचो एमालेतिरै भएको भन्दै कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पालैपालै एमाले अध्यक्ष केपी ओलीसँग परमार्श गरिरहेका छन । पूर्व सहमति अनुसार माओवादीले कांग्रेसबाट समर्थन नपाए उसले एमालेसहितको समर्थमा सरकार बनाउने सम्भावना पनि उत्तिकै छ । यद्यपी सात दिनको समय राष्ट्रपतिले दिएको कारण अब के हुन्छ भन्ने हेर्न केही दिन कुर्न बाँकी छ ।

कांग्रेसले भने पाँच दलीय गठबन्धनका सबै दललाइ झुक्याउन परमादेशको गुण तिर्नुपर्ने भन्दै सर्वोच्चका पूर्व प्रधानन्याधीश मध्येबाट कांग्रेसकै कोटामा राष्ट्रपति बनाउने र प्रधानमन्त्री र सभामुख पनि आफैँ लिने प्रयत्न गरिरहेको छ । प्रधानमन्त्रीका लागि कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापाले रहर गरेका भन भने सभामुखकै लागि कांग्रेसबाट अर्जुननरसिंह केसीले रहरमात्र व्यक्त गरेका छैनन् संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूसँग छलफल गर्दै सभामुख बनाउन सहयोग गरिदिनुपर्यो भन्ने अनुरोध गरिरहेका छन ।

राष्ट्रपतिका लागि कांग्रेसले आफ्नो पार्टीको सदस्य लिएका र विगतमा पार्टीका लागि योगदान पुर्याएका मध्येबाट स्वतन्त्र व्यक्तिको खोजी गररहेको छ जसका लागि खिलराज रेग्मी र कल्याण श्रेष्ठको नाम बजारमा हल्ला चलाइएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र :

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १७:०८