३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

डार्विनमा भलिबल प्रतियोगिता हुने

१ पुष, अष्ट्रेलिया । अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विनमा नेपाली समुदायका विचमा नेपाली भलिवल प्रतियोगिता हुने भएको छ । नेपाली भलिवल क्लव डार्विन एवं नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरीको संयुक्त आयोजना र एनआरएनए नर्दन टेरोटेरीको सहयोगमा डिसेम्वर १७ र १८ मा डार्विन स्थित मरारा इन्डोर स्टीडियममा प्रतियोगिता हुने भएको कार्यक्रम संयोजक भवानी पौडेलले जनाएका छन् ।

कार्यक्रम अनुसार डिसेम्वर १७ शनिवार खुल्ला समुह तथा अभिभावक समुहको र डिसेम्वर १८ आइतवार महिला समुह सहित सेमिफाईनल र फाइनल खेलहरु हुने भएका छन् । प्रतियोगितामा खुल्ला समुहमा ६ टिम तथा महिला र अभिभावक समुहमा दुई-दुई टिम सहभागी रहेका छन् । नर्दन टेरोटेरी सरकार र डार्विन भलिवल एशोसियसनको सहयोगमा हुने प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई कप मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक पौडेलले बताए ।

संयोजक पौडेलले खेलकुदले शारीरिक व्याम मात्र नभएर मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले प्रतियोगिता आयोजना गरिएको बताए । उनले अष्ट्रेलियाको अन्य राज्यहरु तुलनामा कम नेपालीहरुको उपस्थित रहेको नर्दन टेरोटेरीमा नेपालबाट आउनु भएका अभिभावक सहित सबैको मनोरञ्जनका लागि समेत कार्यक्रम आयोजना गरिएको बताए । संयोजक पौडेलले डार्विनमा रहेका सबै नेपाली समुदायका सदस्यहरुलाई प्रतियोगितामा सहभागी तथा दर्शकका रुपमा उपस्थिति हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:००