६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन


५ असोज, काठमाडौं । भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा राजधानी हानोइस्थित सैनिक अस्पतालमा निधन भएको छ । केही महिना अघिदेखि राष्ट्रपति क्वाङ विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।

उनी सन् २०१६ अप्रिलमा कम्युनिष्ट मुलुक भियतनामको राष्ट्रपति चुनिएका थिए । त्यसभन्दा पहिले उनी सार्वजनिक सुरक्षा मन्त्रीको रुपमा कार्यरत थिए । क्वाङ राष्ट्रपति मात्रै नभइ कम्युनिस्ट पार्टीका शक्तिशाली पोलिटब्युरो सदस्यसमेत रहेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १८:२१