२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

निर्वाचन सम्पन्न भएको अवसरमा उपराष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेटघाट

२९ मंसिर, काठमाडाैं । संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ सम्पन्न भएको अवसरमा आज सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग नेपालका पदाधिकारीको भेटघाट भएको छ ।

सो अवसरमा सम्माननीय उपराष्ट्रपतिले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदा हुँदै पनि यो निर्वाचन विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताए । उनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गर्न सफल भएकोमा आयोगलाई धन्यवाद दिए ।

भेटका अवसरमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराएका थिए । सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्तसहित माननीय आयुक्तहरू ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १४:१८