१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पिउँदै बहस गर्छ दुनियाँ नजाती रैछ भनी (कविता)

–दुर्गा पुडासैनी

जति पल्टाउ जिवनका पाना,रित्तो मात्र पाउँछौ
नभेटिने वस्तुको अपेक्षामा भन्ज्याङ मात्र धाउँछौ

जसरी पढ जिवन तिमि,उकाली र ओरालीमा
झोला भरी वितृस्णाको संगालो मात्र पाउँछौ

विक्षिप्त हुन्छौ तिमि दुनियाँको तृष्णामा
जता यात्रा गर तिमि प्यासिमात्र पाउँछौ

पिउँछ दुनियाँ तिमिलाई,बग्नुपर्छ तरल बनी
पिउँदै बहस गर्छ दुनियाँ नजाती रैछ भनी

भाैँतारीन्छौ कति तिमि जिवनको द्यौरालीमा
जता यात्रा गर तिमि प्यासीमात्र पाउँछौ

प्रकाशित मिति : September 21, 2018 at 5:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/