१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेकपाका नेता मायाप्रसाद शर्माद्धारा कर्णाली प्रदेशको सचिव अस्वीकार

५ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले सचिवालयले दिएको कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको नेकपाको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् । नेता शर्मा रामबहादुर थापा बादलसँगै वैद्य माअोवदाीबाट पूर्वमाअोवादी केन्द्रमा एकतामा अाएका नेता हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १६:०१