१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नेकपाको सातै प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लाग्यो (सूचीसहित)

५ असोज, काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको टुंगो लगाउने निर्णय गरेको छ । नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलका अनुसार प्रदेश १ मा इन्चार्ज भीम आचार्य चयन भएका छन ।  त्यस्तै प्रदेश १ को अध्यक्षमा देवराज घिमिरे, सहइन्चार्जमा साबित्री कुमार काफ्ले  र सचिवमा सुरेश बहादुर राई चयन भएका छन ।

यस्तै प्रदेशकाे २ इन्चार्ज सत्यनारायण मण्डल  चयन भएका छन । अध्यक्षमा प्रभू साह, सहइन्चार्जमा विश्वनाथ साह र सचिब सुमन प्याकुरेल चयन भएका छन । त्यस्तै प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य,  अध्यक्षमा हितमान शाक्य, सहइन्चार्ज नारायण दाहाल र सचिवमा आनन्द पोख्रेल चयन भएका छन । 

इश्वर पोखरेलका अनुसार गण्डकी प्रदेश इन्चार्ज पि.एस.गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्ज खगराज अधिकारी र सचिब गोविन्द नेपाली चयन भएका छन । प्रदेश ५ काे इन्चार्जमा शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती, सहइन्चार्ज दलबहादुर राना र सचिव जगतप्रसाद शर्मा चयन भएका छन । कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा, अध्यक्ष गोरख बहादुर बोगटी, सहइन्चार्ज यमलाल कंडेल र सचिब मयाप्रसाद शर्मा चयन भएका छन । प्रदेश ७ को इन्चार्जमा भीम रावल, अध्यक्षमा कर्ण थापा, सहइन्चार्ज लक्ष्मणदत्त जोशी र सचिब नेप चौधरी चयन भएका छन । 

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार १३:२२