२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

२४ घण्टामा देशभर १४ स्थानमा आगलागी, एक जनाको मृत्यु

२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट बर्दियामा ७३ वर्षीया वृद्धाको मृत्यु समेत भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बर्दिया बाँसगढी नगरपालिका जुरैनाकी ७३ वर्षीया महिलाको आगो ताप्ने क्रममा कपडामा सल्किएर ज्यान गएको हो ।

आगलागीबाट उदयपुर बेलका नगरपालिका झाखर टोलका एक पुरुष ग्वाली घुरमा लागेको आगो निभाउँदा घाइते भएका छन् । यस्तै, सबै १४ आगलागीका घटनामा करिब साढे ३० लाख रुपैयाँको सम्पति क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १७:०३