२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैनः सर्वाेच्च अदालत

२७ मंसिर, काठमाडौं। सर्वाेच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।

गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की बिदा भएका हुन् । सर्वाेच्च अदालतले औपचारिक रुपमा उनको बिदाइ नगर्ने भएको छ ।

‘उहाँ (जबरा)ले आजबबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने, ‘उहाँको बिदाइ सर्वाेच्चले गर्दैन । बिदाइ कार्यक्रम पनि राखेको छैन ।’

२८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १६:४९