१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

–सुदामा कृष्ण

म व्यक्त गरुँला आभार वहाँलाई
बुझेसकेपछी व्यवहार वहाँलाई

बोल्नुस् हजुर नै  मेरो सुन्ने पालो
पछि टक्रयाउँला विचार वहाँलाई

जस्तो आफू उस्तै च्यापु नदेख्नुस
सम्झाउँला सोही अनुसार वहाँलाई

चटक्क छोडी किन जानु भो कुन्नी
अहिले फर्की आउन हतार वहाँलाई

केवल देख्नुभो सुदामाको झुपडी
देखाउनुछ मुटुको आकार वहाँलाई

 

प्रकाशित मिति : September 21, 2018 at 8:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/