सेयर बजारमा हरियाली छाउँदा साेमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
२६ मंसिर, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।
साेमबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि बम्पर लाभांश दिन घोषणा गरेसँगै कम्पनीको सेयर आज २१ करोड ३२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, कुमारी बैंकको प्रोमोटर सेयरको १० करोड ९८ लाख ७८ हजार रुपैयाँ, शिवम सिमेन्टको ६ करोड २१ लाख ७७ हजार, आशा लघुवित्तको ५ करोड ९३ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १५:१७












