७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नबिल बैंकले घोषणा गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

२६ मंसिर, काठमाडाैं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर २५  गते आइतबार बसेकाे सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेका हो। उक्त लाभांश हालसम्म बाणिज्य बैंकहरु दिएकाे लाभांशमध्ये सबैभन्दा बढि हो ।

उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीशेयरधनीलाइ वितरण गरिने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०९:४०