१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

विवेकको बिस्कुन सुकाएर हेर (कविता)

–गायत्री विष्ट
अाडम्बरी संस्कारको पेलानमा
पिल्सिएर खुम्चिदा खुम्चिदै
अाफूलाई नै बिर्सिसकेकी
अाफ्नो अस्तित्वलाई नै मेटाइ सकेकी
बाला !आंसु पिएर होइन
हांसोले सजाउनु पर्छ जीवन।

कस्तुरी मृग भेतारिए झै
कति भौतारिन्छौ शक्तिको खोजीमा
चेतनाको दियो बालेर हेर
आफैमा देख्ने छौ अपार शक्तिको भन्डार।

अवला त एउटा नाम मात्र न हो
लघुताको भासमा भासिदिने
दरा पाइला टेकेर हेर
कति मजबुत छौ तिमी

विवेकको बिस्कुन सुकाएर हेर
मनको नेत्र खोलेर हेर
खन्डहर तिमी आफू भएकी होइनौ
कसैद्वारा वनाइएकी हुने छौ।

बाढी त आइ नै रहन्छ जीवनमा
साउनको भेल मात्र होइन यो जीवन
आत्म विश्वासको पुल बनाएर
आकाङ्क्षाको यात्रा सुरु गर
सफलता बिहानी वनेर
नाच्ने छ तिम्रो परेलीमा।

प्रकाशित मिति : September 20, 2018 at 11:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/