डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ६५ हजार नाघ्याे, मेरो सेयर प्रयोगकर्ता कति ?
२५ मंसिर, काठमाडाैं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएको हाे। आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ६५ हजार ८ सय ८७ जना पुगेकाे छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख ५५ हजार ५ सय ९५ जना पुगेकाे छ ।
प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १४:४९












