सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन
२५ मंसिर, काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयरमा आवेदन दिने आज (मंसिर २५ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले मंसिर ८ गतेदेखि ७ हजार १ सय ५० कित्ता संस्थापक समूहकाे सेयर बिक्री गरिरहेकाे छ । आइतबार कार्यालय समयसम्म मात्र कम्पनीकाे उक्त सेयरमा आवेदन दिन सकिनेछ ।
उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले साेही मूल्यलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १३:२७












