२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किँदा चालकको मृत्यु

२५ मंसिर, काठमाडौं। कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका- ७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १३:०६