६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२५ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२४ अंकले घटेर १९१६.०४ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको ३ लाख ८० हजार ७३५ रुपैयाँ बराबरको ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:०९