१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

नेदरल्याण्ड्सलाई ४-३ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

२४ मंसिर, काठमाडाैँ । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शुक्रबार मध्यराति भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४-३ ले पराजित गरेको हो । अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो। यसअघि यसअघि सन् २०१४ मा नेदरल्याण्ड्सलाई नै पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। अर्जेन्टिनाले खेलको सुरुवातमा २–० को अग्रता लिएपनि त्यसलाई गुमाएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए ।

अतिरिक्त समयमा २-२ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो। पेनाल्टीमा अर्जेन्टिना ४-३ ले ले विजयी भयो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्ने छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार ०३:५३