२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना

२२ मंसिर, काठमाडाैं । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरेकी हुन् ।

शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विबाह चिनिया शासक श्रङ चङगम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने बताइन् ।

उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताए । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरीन् । उनले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवर्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १५:२३