२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गत आर्थिक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटनामा २८८३ जनाको मृत्यु, ७२८२ घाइते

२२ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७८ ७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

आयोगको आव ७८७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ ।

दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमीलगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १२:५३