२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महाअभियोग निष्क्रियबारे संसद सचिवालयलाई सर्वोच्चले सोध्यो प्रश्नैप्रश्न

२१ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतले त्यसको जवाफ मागेको छ ।

जबरामाथि लागेको माहाअभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको हाे । सर्वोच्च अदालत प्रशासनका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन कानून संविधानको आधारमा महाभियोग निष्प्रभावी भएको भन्दै प्रश्न गरेका हुन् ।

सार्वोच्चका सहरजिष्टार शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिनिधि सभामा मिति २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराईदिनुहुन अदालतको पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:३४