२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महाकाली नदीको अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीले गरे विरोध प्रदर्शन

२१ मंसिर, काठमाडाैं । भारतीय पक्षले गरेको महाकाली नदीको अतिक्रमणविरुद्ध नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले बुधबार लैनचौरस्थित भारतीय दूतावासको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका हुन । महाकाली नदीको अतिक्रमणसँगै दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादती आफूहरुलाई असह्य भएको भन्दै त्यसको प्रतिकारमा उत्रिएको अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

उनले सार्वभौम सम्पन्न नेपालमाथि भारतको कुनैपनि हस्तक्षप र बलमिच्याई स्वीकार्य नरहेको चेतावनी दिए । उनले भारतले गरेको अतिक्रमणविरुद्ध नेपाल सरकार जवाफ देहि हुनुपर्ने भएपनि मौन रहेको भन्दै आपत्ति जनाए । अध्यक्ष गजुरेलले भारतीय विस्तारबादकोविरुद्ध सरकार चुप बसे जनता आफै लड्ने र देशको रक्षा गर्ने बताए

सरकारले मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:२०