मेगा बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ मंसिर, काठमाडाैं । मेगा बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । भाेलि बिहीबार सार्वजनिक बिदा परेकाे हुनाले आज (मंसिर २१ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको १२ औँ वार्षिक साधारण सभा पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमाडौँमा सञ्चालन हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ११:४२












