९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

तपाईकाे खातामा आयाे त १५ प्रतिशत नगद लाभांश ?

२१ मंसिर, काठमाडाैं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा लाभांश जम्मा गरेकाे छ । इन्स्योरेन्स कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा मंसिर ९ गतेबाट क्रमश १५.७८९५ प्रतिशत नगद लाभांश जम्मा गरेकाे हाे ।

हालसम्म बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई आफ्नो बैंक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ११:०८