६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

४.८७ अकंले घट्याे सेयर बजार, कारोबार रकम करोडमा खुम्चियो

२० मंसिर, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजार घटेकाे छ । मंगलबार सेयर बजार झिनो अकंले ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । मंगलबार २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता सेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड १२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज धैलागिरी लघुवित्तको सेयर सबैभन्दा धेरैले बढेको छ । कम्पनीको सेयर ८.१७ प्रतिशतले बढेको हाे । यस दिन  एनएमबि बैंकको सेयर मुल्य सर्वाधिक घटेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १५:२६