६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

झिनो अकंले बढ्याे सेयर बजार, धाैलागिरी लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट

१८ मंसिर, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार झिनो अकंले बढेकाे छ । गत साताको अन्तिम कारोबारको दिन बिहीबार दोहोरो अकंले बढेर बन्द भएकाे सेयर बजार यो साताको सुरुवातमा सामान्य अकंले बढेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको छ । आइतबार २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे हाे । आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १९ कराेड ८० लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय २१ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस दिन नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १५:३७