६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

१०.९८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ मंसिर, काठमाडाैं । सानिमा बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि मंसिर १९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

प्रस्तावित लाभांश पारितका लागि बैंकले १८औं वार्षिक साधारण सभा पुस ३ गतेका लागि बोलाएको छ । सभा आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०९:४८