छुट्ला है ! १०.९८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकिदै
१६ मंसिर, काठमाडाैं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर १८ गते आइतबार अन्तिम दिन रहेको छ । साधारण सभा लाभांश प्रयाेजनका लागि बैंकले मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसकाेअर्थ मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाइ १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि बैंकले १८औं वार्षिक साधारण सभा पुस ३ गतेका लागि बोलाएको छ । सभा आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।
प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १२:२३












