६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

फस्ट माइक्रोफाइनान्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

१६ मंसिर, काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्‍चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै वार्षिक साधारणसभाबाट पारित गर्ने तयारीमा यो संस्था छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ छ । जसअनुसार संस्थाले १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने छ । ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १०:३३