एक कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१५ मंसिर, काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली मंसिर १६ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसर्थ आज बिहीबारसम्म कायम सेयधनीले लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न मंसिर २८ गते कम्पनीको वार्षिक साधारण सभा बस्दैछ ।
प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १०:५३