६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

तपाईको खातामा आयो त ७.६३ प्रतिशत नगद लाभांश ?

१४ मंसिर, काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हाे ।

बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा मंसिर ६ गतेबाट क्रमश जम्मा गरिरहेको छ । बैकको खाता अध्यावधिक नगरेका सेयरधनीहरुको हकमा भने बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

भौतिक सेयर कायम भएको सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण पश्चात् मात्र लाभांश वितरण गरिने भएकाले अभौतिकीकरण गर्न बैंकले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १०:१०