३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

माथिल्लो कर्णालीको प्रवर्द्रक भारतीय कम्पनी जिएमआरको म्याद सकियो

३ असोज, काठमाडाैँ । माथिल्लो कर्णालीको प्रवर्द्रक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)को वित्तीय व्यवस्थापनको म्याद मंगलबार सकिएको छ । म्याद सकिएकै दिन लगानी बोर्डको बैठक बसे पनि  जिएमआरको विषयमा कुनै छलफल नभएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन ।

उनले भने, “संयोग आज पर्यो, तर माथिल्लो कर्णालीको प्रवर्द्रकका विषयमा कुनै पनि छलफल र निर्णय भएको छैन । जिएमआरले बङ्गलादेशसँग विद्युत् बिक्रीलगायतका विषयमा समझदारी भएको भन्दै सन्देश पठाएको छ । थप अध्ययन जरुरी देखिन्छ ।”

जिएमआरले बङ्गलादेशलाई ५०० मेगावाट र हरियाणा राज्यलाई ३०० मेगावाट विद्युत् बिक्री गर्ने विषयमा छलफल भइरहेको र एक वर्ष म्याद थपका लागि प्रस्ताव गरेको छ ।

यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका कारण तल्लो तटीय क्षेत्रमा पर्ने असरका विषयमा समेत बैठकमा छलफल भएको थियो । सिँचाइलगायतका विषयमा पर्ने प्रभाव न्यूनीकरणका लागि ‘रिरेगुटिङ’ बाँध बनाउने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा गरिएका प्रस्तावमध्ये ‘रिरेगुटिङ’ बाँध नै उपयुक्त हुने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार ०६:४६