नेपाल एसबिआई बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
१३ मंसिर, काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे।
बैंककाे मंसिर १२ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ११:०१












