६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नगद लाभांश लिन सेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह

१२ मंसिर, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई विभिन्न साधारणसभा बाट पारित लाभांश लिन अनुरोध गरेको छ ।

बैंकको आर्थिक बर्ष २०७३/७४ को साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको हाे । सेयरधनीहरुले बैकको सेयर राजिष्ट्रार सिबिआइएल क्यापिटलको कार्यालय डिल्लीबजार काठमाडाैंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

ताेकिएकाे समयअवधिमा पनि भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १०:५४