६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

१६ अर्ब ६३ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

११ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबारदेखि ९१ दिन, १८२ दिन र ३६४ दिनकाे अवधिकाे लागि ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

राष्ट्र बैंकले ९१ दिनकाे अवधिकाे लागि ३ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन १६ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ १६ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ७ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल मंसिर १२ गते परिपक्क हुनेछ ।

याे ट्रेजरी बिल भाेलि (मंसिर १२ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर मंसिर १३ गते, मंगलबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १६:४०