६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको प्राप्ति गर्ने सम्झाैता भङ्ग

११ मंसिर, काठमाडाैं ।प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबीचको प्राप्ति प्रक्रिया गर्ने सम्झाैता भङ्ग गरेकाे छ ।

प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन ( प्राप्ति) गर्ने सम्बन्धमा दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको मंसिर १ गतेकाे पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाे थियाे ।

सोही अनुरोधबमोजिम प्रभु बैंक सञ्चालक समितिको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्ट बैंकिलाई  प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ११:३८