४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीको चेतावनी (विज्ञप्तिसहित)

२ असाेज, काठमाडाैँ । सरकारले साेमबार वृद्धि गरेकाे पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ। भदौ ३१ गते सरकार र व्यवसायीबीच असोज ५ पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो।

सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सरकारको मुल्य वृद्धि निर्णय २४ घन्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै महासंघले विज्ञप्ती जारी गरेको छ।

विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १९:२१