आरएसडीसी लघुवित्तले घाेषणा गर्याे लाभांश, बोनस र नगद कति ?
११ मंसिर, काठमाडाैं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (करसहित) लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १०:२३












