४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणका अाराेपी एसपी विकासराज खनाललाई छाड्न अदालतकाे आदेश

२ असोज, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अाराेपी प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत मोरङले अाज उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीकाे इजलासले उनलार्इ छाड्ने अादेश दिएको अदालतले जनाएको छ ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको पुष्टि भएकाे थियाे  । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १८:५८