४ मंसिर २०८१, मंगलवार | Wed Nov 20 2024

मलेसियामा विषाक्त मदिरा सेवनबाट ४ नेपालीसहित ७ जनाको मृत्यु, १३ जनाकाे अवस्था गम्भिर

२ असाेज, काठमाडौँ । मलेसियामा विषाक्त मदिरा सेवनबाट ४ नेपालीसहित ७ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा नेपालीका अलावा एक मलेसियन, एक भारतीय र एक बंगलादेशी रहेको खबर मलेसियन अनलाइन द स्टारले लेखेको छ । मृतकहरूको पहिचान खुलेको छैन ।

अन्य १६ जना बिरामी परेका छन् । त्यसमध्ये १३ जना नेपाली छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि यसबारे थप खुल्ने प्रहरीले जनाएको खबरमा उल्लेख छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १८:३१